‘हामीसँग सगरमाथाको माथ, देवीदेवताको काख, सनातनको साथ, पितापुर्खाको साख, गौतमबुद्धको शान्ति, गोरखालीको साहस र नेपालको शक्ति छँदासम्म खुट्टा टेकेर, छाती फुलाएर, शिर ठड्याएर हिँड्न सक्छौँ । यही भूमिमा वेद, त्रिपिटक र मुन्धुमजस्ता शास्त्र एवं ग्रन्थहरू जन्मिए । वेदान्त दर्शन, जनक दर्शन, मन्धुम, बौद्धदर्शन आदि यहीँ उम्रिए । गोत्र, प्रवर, पाछा र सामेल संस्कृति बचाई राखे । गोरखालीको ज्यान, नेपालीको शान, ऋषि मुनिहरूको ध्यान, वेदको ज्ञानकै कारण यस राष्ट्रले उपनिवेशको अनुहार, भूगोलको विभेद देख्नुपरेन । पुर्खाको राष्ट्रप्रेम, एकता र वीरताकै कारण मल्लकालमा अनेक टाकुरामा विभाजित नेपालले अन्ततः आधुनिक कालमा साकार रूप लियो । भित्र भूगोल, फरक धर्म, अलग भाषा, पृथक चिन्तन, छुट्टै संस्कृति भए पनि सबै नेपाली भन्न र हुन पाउँदा प्रसन्न थिए । पितापुर्खाको तागत, त्याग, तेज र तत्परताकै कारण प्रबल शत्रु सेना एवं कूटिल परचक्रीसमेत झुकेको गौरवमय इतिहास हामीसँगै छ ।’

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Scroll to Top
Scroll to Top